१७ बैशाख, २०७९
धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट नविन धमला सर्वसम्मत सिफारिस भएको साझा उम्मेदवार हो । पत्रकारीतामा व्याचलर्स गरेका धमला पत्रकारीता, खेलकुद, सामाजिक अभियान्त र युवा शसक्तिकणका साथै सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल रहेका छन् । पछिल्लो समय नेपाली राजनितिमा केहि विकृतिहरु देखिनु, नेता र नेतृत्व समाज र देशप्रति जिम्मेवार र जवाफदेहि नहुनुका कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा देखिन थालेको छ । तर पछिल्लो समय भने पार्टीको स्थानीय, क्षेत्र, प्रदेशका साथै केन्द्रिय तहमा पनि युवाहरु विभिन्न जिम्मेवारीमा समेटिनु र आसन्न स्थानीय चुनावमा युवा सर्कलको उम्मेदवारी हुनुले भने युवामा पुन एक खालको आशा जाग्न थालेको छ ।
यसैको उपजको रुपमा निलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षको उम्मेदवार धमलालाइ लिन सकिन्छ । युवा जोश जांगर, दृढ इच्छाशक्ति भएका सीप, क्षमता तथा नयाँ भिजनरी भएको विकास र समृद्धिको सपना पुरा गर्न सक्ने वडा अध्यक्षको रुपमा धमलाले उम्मेदवारी दिएका हुन् । धमलाले आफ्नो नयां भिजन र योजनाको साथमा यस अघिका वडा अध्यक्षले पुरा नगरेका गर्न नसकेका वडाभित्रका आवश्यकता र समग्र वडाको विकासमा अफ्नो सीप क्षमताको भरपूर प्रयोग गरि नमुना वडा बनाउने बताएका छन् । साथै महिला वडा सदस्यमा इमान्दार, सहयोगी, महिलाको हक अधिकारको विषयमा पैरवी गर्ने समाजसेविका रुपमा परिचीत धनदेवी गुरुङ, दलित महिला सदस्यमा सहयोगी, मिलनशार र वौद्धिक क्षमता राख्ने नैना नेपाली (परियार), खुल्ला सदस्यमा हरेक किसानको साथी, सहयोगी, समाजसेवी कृष्ण प्रसाद लम्साल र नीडर स्वाभाव, इमान्दारी र मेहनती व्यक्तित्व कृष्ण बहादुर नेपालीको उम्मेदवारी रहेका छन् ।

वडा अध्यक्षका उम्मेदवार नविन धमलाको प्रतिवद्धताहरु –
१. पाँच बर्षभीत्र १ घर १ धारा सहित शुद्ध खानेपानीको व्यवस्था गर्ने ।
२. डोजर, सडक, पुल भवन र खानेपानी लगाएत वडामा हुने नीतिगत भ्रष्टाचार रोक्ने ।
३. वडा भीत्रको सबै टोल र मुख्य सडकहरुमा सडक बत्तीको व्यवस्था गर्ने ।
४.कृषकहरुलाइ कृषीमा व्यवसायिक र आत्मनिर्भर बनाउन माटो परिक्षण गरि कृषि क्षेत्रलाइ प्रोत्साहन गर्ने ।
५. उत्कृष्ट र व्यावसायिक किसानलाइ प्रत्येक बर्ष पुरस्कार तथा सम्मान गर्ने । कृषि बिऊ बिजन, विषादी, रसायनिक मल कृषि यन्त्र र औजार उपलब्ध गराउने ।
६. वडामा एक प्राविधिक बिद्यालय सन्चालन गर्न पहल गर्ने ।
७. वडाभीत्र घरेलु उधोगहरु सन्चालन गर्न प्रोत्साहन गर्ने ।
८. विपन्न, गरिब विद्यार्थीहरुलाइ अध्यायनको लागि आर्थिक र सामाजिक रुपमा सहयोग गर्ने ।
९.वडाभीत्रका उत्कृष्ट विद्यार्थीहरुलाइ प्रत्येक बर्ष सम्मान गर्ने ।
१०.युवाहरुलाइ सिपयुक्त तालिम तथा शिक्षा प्रदान गरि स्वरोजगार बनाउने ।
११.युवा, विद्यार्थीहरुलाइ मानसिक, शारीरिक, संबेगात्मक विकासको लागि खेलकुदमा जोड दिदै कराते, बक्सिङ, फुटबल भलिबल र क्रिकेटको लागि प्रोत्साहान गर्ने ।
१२.आर्थिक मितव्ययिता, शुन्य सहनशिलता अपनाउँदै मासिक, चौमासिक र वार्षिक रूपमा आयव्याय सार्वजनिक गर्ने ।
१३.वडा कार्यालयलाइ आधुनिक र प्रविधिमैत्री बनाउन वडाको सम्पुर्ण गतिविधि वेवसाईटमा राख्ने । आम नागरिकको सुचनाको हकलाइ सुनिश्चित गराउने । फ्रि वाईफाइको व्यवस्था गर्ने ।
१४.वडाको पायक पर्ने ठाउँमा अस्थायी सुरक्षा पोष्ट राख्न पहल गर्ने ।
१५.विशेषज्ञ सहितको स्वास्थ्य उपचारको व्यवस्था गर्ने ।
१६.वडाभीत्रको मुख्य तथा सहायक सडकहरुको स्तोरन्नती गर्ने ।
१७.वडावासी सबैलाइ आदार, सम्मान र मायाको साथमा मुस्कान सहितको सेवा दिने ।
१८.महिलालाइ अधिकार, शसक्तिकरण, उद्यमशिल बनाउन महिला लक्षित कार्यक्रम संचालन गर्ने ।
१९.बालबालिका अधिकार संरक्षणका लागि कार्यक्रम बनाउने ।
२०. जेष्ठ नागरिक सम्मान कार्यक्रम बनाउने ।
२१. वडा भित्रका आदिवासी जनजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने ।
२२. ज्वालामुखी, जलदेवी, छोईलिङ गुम्बा, भ्यू टावर कोट, लगाएताका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण,सम्वद्र्धन र प्रवद्र्धन गरि आन्तरिक तथा बाह्य पर्यटनको लागि विकास गर्ने ।
२ं३.काफलपानी गुरुङ गाउँलाइ होमस्टे गाउँको रुपमा विकास गर्न पहल गर्ने ।
२४.वडाको विशेष गरि नेवार समुदायको भाषा धर्म र संस्कृतिको संरक्षण र जर्गेना गर्ने ।
२५.दलित समुदायको शसक्तिकरण र विकासको लागि विशेष कार्यक्रम निर्माण तथा संचालन गर्ने ।
२६. किसानको उत्पादनलाइ प्रोत्साहन गरि बजारिकरणमा सहयोग गर्ने ।
२७. आधुनिक प्रविधिको प्रयोग गरि कृषि र पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्ने ।
२८. कृषिको लागि आवश्यक सम्भाव्यता अध्यायन अनुसन्धान गरि कृषि पकेट क्षेत्र घोषणा गर्ने ।
२९. नगरपालिका स्तरीय आधुनिक खेल मैदान निर्माण गर्ने ।
३०. निगालपानी सल्लेघारीलाइ पिकनिक स्पट बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने ।