धादिङको बेनिघाट रोेराङ गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । पछिल्लो प्राप्त विवरण अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जीवन सिं तामाङ पाँचसय ३४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय बेनिघाट रोराङले जनाएको छ ।
तामाङका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामा रहनु भएको छ । लामाले ५ सय ५ मत प्राप्त गर्नु भएको छ ।
वडा अध्यक्षमा विजयी जीवन तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।

Facebook Comments