१ जेठ, २०७९
नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिलिटर १० रुपैंयाका दरले मूल्य बढाउदा पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ । यो मूल्य हालसम्मकै अधिक मूल्य रहेको छ ।