स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा मत परिणम सार्वजनिक भईरहेको छ । पछिल्लो अपडेट अनुसार रुविभ्याली र खनियाबास, गल्छी र गजुरी गाउँपालिका सहित ७५ वडाको परिणाम सार्वजनिक भएको हो । जस अनुसार रुविभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् ।
यस्तै खनियाबास गाउँपालिका अध्यक्षमा कांग्रेसका रण बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् । यसैगरी गजुरी गाउँपालिका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशलाल श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकी सर्मिला बिसुराल विजयी भएकी छिन् ।
उता गल्छी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका भाइकाजि तिवारी विजयी भएका हुन् ।
७५ वडाको परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले २३/२३ जितेको छ भने नेकपा एमालेले १५ वटा वडा जितेको छ । यस्तै एकीकृत समाजवादीले ५, राप्रपा नेपालले ४, जसपाले १ र ४ जना स्वतन्त्र उम्मेद्वारहरु विजयी भएका छन् ।
धादिङमा हालसम्म विजयी उम्मेद्वारहरु
यस्तो छ ७५ वडाको नतिजा
माओवादी केन्द्र २३
नीलकण्ठ १ गणेश गुरुङ
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ
नीलकण्ठ ५ मा राम बहादुर श्रेष्ठ विजयी
धुनीबेसी १ मान बहादुर तामाङ
धुनिबेसी ६ मा रमेश प्रसाद आचार्य
धुनिबेसी ८ मा रामकृष्ण रेग्मी विजयी
गंगाजमुना १ बहादुर सिं लामा
बेनिघाट रोराङ २ हेमराज भुजेल
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ मा रोशन कुमार सिलवाल
बेनिघाट रोराङ ६ मा टेकनाथ सिलवाल विजयी
बेनिघाट रोराङ ७ मा कुमार बस्नेत
बेनिघाट रोराङ ८ मा राज कुमार श्रेष्ठ विजयी
गल्छी ३ राजन भुजेल
गल्छी ५ मा सरोज तामाङ विजयी
गजुरी १ मा तारा भण्डारी
गजुरी ५ मा गोविन्द लामिछाने
गजुरी ६ मा भक्त बहादुर तामाङ(कर्ण) विजयी
गजुरी ७ मा वद्रि जम्कट्टेल विजयी
गजुरी ८ मा देवराज ओझा
सिद्धलेक १ मा पेमा वाङ्ग्याल लामा
थाक्रे २ मा टिकाराम तामाङ
थाक्रे ३ विजय तामाङ विजयी
कांग्रेस २३
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
नेत्रावती डबजोङ २ मिनबहादुर तामाङ
नेत्रावती डब्जोङ ३ मा सुरेश वाईवा
रुविभ्याली १ पम्बर तामाङ
रुविभ्याली ५ मा रम्बा घले विजयी
बेनिघाट रोराङ १ जीवन सिंह तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा
ज्वालामुखी ३ उमेश श्रेष्ठ
ज्वालामूखी ५ मा टंक प्रसाद काप्री विजयी
ज्वालामूखी ६ मा किशोर सेढाई विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल
धुनिबेसी ७ मा यदुनाथ पाठक विजयी
गजुरी २ मा द्रोण कंडेल
गजुरी ३ मा ऋषिलाल श्रेष्ठ
गजुरी ४ मा सुरेन्द्र चेपाङ
गल्छी ४ मा राजु अधिकारी विजयी
गल्छी ६ मा दिपककुमार कार्की
गल्छी ८ मा विशाल लुंगेली मगर विजयी
त्रिपुरासुन्दरी १ मा भिम प्रसाद भट्ट
सिद्धलेक २ मा सागर गुरुङ
खनियाबास ४ मा लिलामान तामाङ
गंगाजमुना २ मा बल बहादुर तामाङ विजयी
नीलकण्ठ ७ मा गौतमहरि अधिकारी विजयी
एमाले १५
ज्वालामुखी १ कृष्ण गिरी
गल्छी १ यदुकुमार खतिवडा
गल्छी २ षडानन्द खनाल
गल्छी ७ मा हरि प्रसाद खतिवडा विजयी
सिद्धलेक ३ मा देवबहादुर पुलामी मगर
सिद्धलेक ४ मा झक बहादुर थापा मगर विजयी
थाक्रे १ श्याम थापा
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
बेनीघाट रोराङ ९ मा देवी बहादुर खड्का विजयी
नीलकण्ठ ४ मा हरि श्रेष्ठ
खनियाबास ५ मा रविन तामाङ विजयी
त्रिपुरासुन्दरी २ मा कृष्ण खत्री विजयी
त्रिपुरासुन्दरी ३ मा कमल बहादुर थापा विजयी
नेत्रावती ४ मा तिल बहादुर गुरुङ विजयी
एकीकृत समाजवादी ५
रुविभ्याली २ रुपा घले
धुनीबेसी २ मा लक्ष्यजित तामाङ
धुनीबेसी ४ हरि सुवेदी
गंगाजमुना ७ मा रविन अधिकारी
रुविभ्याली ६ मा समिर गुरुङ विजयी
राप्रपा ४
खनियाबास १ सोनम तामाङ
खनियाबास २ अरुण कुमार तामाङ
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुविभ्याली ४ प्रशाान्त तामाङ
स्वतन्त्र ४
नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ(गुलाफ)
ज्वालामूखी ४ मा कृष्ण गुरुङ (खरायो)
धुनिबेसी ५ मा विशाल भट्टराई (गुलाफ)
नीलकण्ठ ८ मा प्रकाश श्रेष्ठ विजयी(भुइकटहर)
जसपा १
रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी