
पुस ४ –
नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई बाँसबारीबाट पक्राउ गरेको हो ।
पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालि नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए ।