पुस ४, धादिङ ।
धादिङका पुराना राजनितिज्ञ, पुर्व मन्त्री, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ निवासी हरिबहादुर थापाको आज निधन भएको छ ।
काठमाडौ चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थापाका पारिवारिक श्रोतले जानकारी दिएका छन् । धादिङ जिल्लाबाट लगातार २५ वर्षसम्म राष्ट्रिय पञ्चायत सदस्य बन्नु भएका थापाले भूमिसुधार राज्यमन्त्री सम्मको जिम्मेवारी वहन गर्नुभएको थियो ।
पछिल्लो समय राजनीतिबाट टाढा रहनु भएका थापा काठमाडौंको बालाजुमा बसोबास गर्दै आउनु भएको थियो । पुराना राजनीतिज्ञ थापालाई मिस्टर हरिबहादुरको नामले पनि चिनिन्छ ।