
नेवाः देय् दबु जिल्ला कार्यसमिति धादिङले नेवार समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । दुई नगरपालिका र एघार गाउँपालिका रहेको धादिङमा नेवार समुदायबाट वडा सदस्य, वडा अध्यक्ष, पालिका उपप्रमुख र प्रमुख पदमा ३३ जना निर्वाचित भएका छ्न् ।
३३ जना जनप्रतिनिधि मध्ये उपस्थित २० जना जनप्रतिनिधिलाई सम्मान गरिएको सचिव नन्दलाल श्रेष्ठले बताउनुभयो । आर्थिक प्रलोभनमा नपरी, निष्ठामा रहेर नागरिकको सेवामा लाग्न जनप्रतिनिधिहरुलाई उपस्थित नेवार समुदायले आग्रह गरेका छ्न् ।