
गर्मी लागेसँगै धादिङ अस्पतालमा डेङ्गुका विरामी बढेका छन् । धादिङ अस्पतालमा सरदर रुपमा दैनिक ५/६ जना डेंगुको संक्रमित आउने गरेको धादिङअस्पतालका मेडिकल सुपरिटेन्डेट डा.मधुकर दाहालले बताउनुभयो ।
धादिङको सबै स्थानीय तहका प्रमुखहरुलाई डेंगु संक्रमण फैलिरहेको हुनाले नागरिकहरुलाई सर्तक बनाउनको निम्ति परिपत्र पनि गरिसकेको डा.दाहालले बताउनुभयो ।
एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण फैलने गर्दछ । जहाँँ पानीको तालहरुबाट आउने लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने दाहालले बताउनुभयो । डेंगु लागेको व्यक्तिहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बढी नै समस्या आएमा मानिसको मृत्यु समेत हुने डा. मधुकर दाहालले बताउनुभयो ।
डेंगुबाट बच्न आफ्नो घरवरपर रहेका पानीको खाल्डा खुल्डीहरु पुरिदिने, नियमित रुपमा झुलको प्रयोग गरेर सत्ने लगाएतका उपायहरु अपनाउन सके डेंगुबाट बच्ने सकिने दाहालको भनाई छ ।