
धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरीकी एक महिला न्याय माग्दै सदरमुकाम धादिङवेशीं आईपुगेकी छिन् ।
श्रीमानको कुटाईबाट गम्भीर घाईते भएकी ३१ वर्षिया रेखा मोक्तान खत्री न्यायको भिक माग्दै सरमुकाम धादिङवेशीं आईपुग्नुभएको हो । असार १५ गते श्रीमान तेजबहादुर खत्रीले मोवाईल माग्दा नदिएको कारण आफुलाई कपाल भुतालेर मणनासन्न हुने गरि कुटपिट गरेको पिडित रेखा मोक्तान क्षेत्रीले बताउनुभएको छ ।
श्रीमानको कुटाईबाट आँखा छेउबाट रगत बगेर २ घण्टा बेहोस भएपछि जेठानीको सहयोगमा नजिकैको स्वास्थ्य चौकीमा उपचार गराएको पिडित रेखा मोक्तान खत्रीले बताउनुभएको छ । श्रीमानले पटक पटक मार्छु भनेपछि ज्यानको सुरक्षाको माग गर्दै न्यायको लागि नजिकैको प्रहरी चौकीमा उजुरी दिंदा पनि सुनुवाई नभए पछि श्रीमानबाट बच्न धादिङवेशी आएको उहाँ बताउनुहुन्छ ।
श्रीमानबाट बच्न घर छाडेर सदरमुकाम धादिङवेशीं आईपुग्नुभएकी रेखा मोक्तान खत्रीलाई सहयात्री समाजको सुरक्षीत आवास गृहमा उद्धार गरेर राखेको छ ।
भिडियो हेर्नुहोस् :-