१९ असार, २०७९
धादिङ – केन्द्रिय उपभोक्ता सहकारी संघ लि.को अध्यक्षमा टेक प्रसाद चौलागाइ निर्विरोध निर्वाचित भएका छन् । आईतबार कठमाडौंमा सम्पन्न संघको १९ औं बार्षिक साधारण सभाबाट चौलागाइको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्वाचित भएको हो । संघको पदेन निवर्तमान अध्यक्ष दीपक राज पौडेल उपाध्यक्षमा शिव गोपाल थापा, सचिवमा अर्चना अमात्य, कोषाध्यक्षमा रामचन्द्र अर्याल र सदस्यहरुमा चन्द्रा कुमारी पराजुली, नारायण प्रसाद रिमाल, गोविन्द रिमाल, चेत नारायण यादव, रेखा अर्याल, चन्द्र बहादुर ठकुरी र दिपक प्रसाद घिमिरे रहेका छन् । त्यसै गरि संघको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा लक्ष्मण महर्जन सदस्यमा सुर्य प्रसाद शर्मा र कमलराज कंडेल निर्वाचित भएका छन् ।

नव निर्वाचित संचालक समितिको कार्यकाल आगामी चार बर्षसम्म  रहनेछ । बार्षिक साधारण सभामा नेपालभरिबाट विभिन्न जिल्लाका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस केन्द्रिय उपभोक्ता सहकारी संघले सदस्य संघ / संस्थाहरुको विकास र हितका लागि काम गर्दछ । विशेष गरी उपभोक्त हित र संरक्षणका लागि पैरवी, बहस र छलफलहरु गर्ने गर्दछ ।

Facebook Comments