आत्महत्या गर्नेहरु मध्ये धादिङमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढि रहेको तथ्याङ्ले देखाएको छ ।

त्रिवर्षिय तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष ०७६÷०७७ मा ९६ जना मध्ये ७१ जनाले झुण्डीएर आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ४२ मध्ये १ सय ९ जना र आर्थिक वर्ष २०७८÷०७९ मा ९७ जना मध्ये ७५ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धादिङले आत्महत्या रोकथाम गर्ने उद्देश्यले छलफल कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरुले आत्महत्या गर्नुपूर्व देखाउने व्यवहार, आत्महत्या रोकथाम गर्ने उपाय लगायतका विषयमा धाराण राखेका थिए । आत्महत्या गर्नेहरुले नजिकका आफन्तहरुलाई आत्महत्या गर्दैछु भन्ने व्यवहार देखाउने भएकोले त्यस्ता कुरामा ख्याल गर्दै उनिहरुले भन्न लागेका कुराहरु ध्यानपूर्वक सुनिदिने, आवश्यक परामर्श, सल्लाह सुझाव दिनसके आत्महत्या गर्नबाट बचाउन सकिने बताएका थिए । वहुआयामिक योजना बनाएर आत्महत्या न्यूनिरकण तथा रोकथाम गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालले बताउनुभयो ।

अहिलेको तिन तहको सरकार छ, उहाँले भन्नुभयो– वडा तथा पालिका तह देखिनै सचेतना फैलाउन सके आत्महत्या गर्नेको संख्यामा कमी आउने बताउनुभयो । आत्महत्या रोकथाम गर्न सञ्चार माध्यमको ठुलो भुमिका छ, त्यसमा पनि विशेष गरि रेडियोको भूमिका गहन रहेको प्रमुख जिल्ला अधिकारी लंसालले बताउनुभयो । आत्महत्या गर्नेहरु मध्ये झुण्डिएर आत्माहत्या गर्नेको संख्यामा वृद्धि भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक राकेश सिंहले बताउनुभयो । आत्महत्या गरेर ज्यान गुमाउनेहरुमा महिला भन्दा पुरुषहरुको संख्या बढि रहेका छन् ।

मानिसको बाच्न पाउने अधिकार सुनिश्चित गर्न र आत्माहत्या रोकथाम गर्न सबैको जिम्मेवारी रहन्छ । सरकारी तथा गैरसरकारी संघ संस्था, नागरिक समाज, विद्यालय, राजनितिक दल लगायत सबै तहबाट आत्महत्या न्यूनिकरण तथा रोकथामका लागि संगसँगै हातेमालो गर्न सके आत्महत्या गर्नेको संख्यामा कमी आउने प्रमुख प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

Facebook Comments