
धादिङमा डेंगी संक्रमितको संख्या १ हजार ८६ पुगेको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ८६ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५४ पुरुष र ३६ जना महिला गरी ९० जना डेंगुका नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय धादिङको अनुसार अहिलेसम्म जिल्लाका ६ सय ११ जना पुरुष र ४ सय ७२ जना महिला गरी १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङको १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा ६ सय ५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै ज्वालामुखीमा ४५, गल्छीमा ३६, धुनिबेशीमा ३१, सिद्धलेकमा २२, बेनिघाट रोराङमा २०, गंगाजमुनामा १२, थाक्रेमा र रुवीभ्यालीमा ८/८ , नेत्रावती डवजोङमा ६, र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।