धादिङको बेनिघाटमा आयोजित अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेसहित अतिथिहरु ।

 विशालटार, कात्तिक १
धादिङमा अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखी बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको छ । वागमती प्रदेश तथा जिल्लाभित्रका स्थानीय सरकारहरुको सहयोगमा धादिङ जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाबाट आठ टिम सहभागी छन् । उद्घाटन खेलमा गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले खेलिरहेका छन् ।

धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो । स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलको भनाई छ ।

Facebook Comments