
धादिङमा विहिबार ५८ जना डेंगुका संक्रमित थपिएसँगै डेंगु संक्रमितको संख्या १ हजार ५ सय ४४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ जना महिला र ३० जना पुरुषमा डेंगु संक्रमण देखिएको हो ।
अहिलेसम्म जिल्लाका ८ सय ५३ जना पुरुष र ६ सय ९१ जना महिला संक्रमित भएका छन् । जसअन्तरगत सबैभन्दा बढि नीलकण्ठ नगरपालिकामा ९ सय २४ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६७ जना रहेको छ ।
ज्वालामुखीमा ६२, धुनिबेशीमा ५८, गल्छीमा ६३, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३६, थाक्रेमा १७, नेत्रावती डवजोङमा ११, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।