आफ्नो बुबाकोमृत्युका कारण चुनाव प्रचार गर्न जनतासंग जान नपाएर तिनदिनको प्रचारमा निस्कनु भएका नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ (२) प्रदेश सभाका सदस्य गजेन्द्र थपलिया जनताको घरदैलोमा पुग्नु भएको छ ।

सिद्धलेकको सलाङघाट, बेनिघाट रोराङ, गजुरीको टोलटोलमा पुग्नु भएका थपलियालाई जनताले स्वागत गर्दै विकास गर्ने योजना भएको उम्मेदवार आएकोमा खुसी व्यक्त गरेका छन् । जनताले पेशाले इन्जिनियर भएका थपलिया आउँदा आशा पलाएको छ। बाढी पहिरो र विपदबाट प्रभावित बेनिघाट गजुरी गाउँपालिकाका जनताले उपयुक्त पात्र पाएको बताएका छन् ।

मतदाताको मागलाई जनताको सहभागितामा प्राथमिकताको आधारमा योजना बनाएरकाम गर्नका लागि आफूप्राविधिक मानिस राजनिति गर्न जनताको घरदैलोमा आएको बताउनुभयो । धादिङको तुइन विस्थापनमा ठूलो योगदान गर्नुभएका थपलिया एमाले सरकारको समयमा विकास विज्ञ सल्लाहकारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

एमाले लेखा आयोग अध्यक्ष डा पुष्प कँडे, सदस्य मिनराज कँडेल लगायतले इन्जिनियरको प्रवेशले विकासको स्पष्ट खाका आएको र यसले समृद्धिका लागि योगदान पुग्ने बताउनुभएको छ ।

Facebook Comments