धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ दामगाडेमा दिनदिनै चोरी हुन थालेपछि स्थानियहरु आतङ्कीत बनेका छन् । प्रत्येक रात समुह बनाएर चोर आउन थालेपछि स्थानियहरु रातभर जाग्रराम बस्न बाध्य भएका छन् ।

२०७२ सालको महाभुकम्पपछि विस्थापित भएर सांकोषको दामगाडेमा बस्दै आएका तामाङ बस्तीमा चोरले आतङ्क मच्चाएपछि यतिबेला स्थानियहरु त्रसित बनेका छन् । रात परेपछि सँधैजसो चोर आउन थालेपछि डर र त्रासमा बाच्नुपरेको रितु तामाङले बताउनुभयो ।

राती करिब सवा १२ बजेको समयमा सुतिरहेको अवस्थामा झ्यालबाट मोवाईल चोर्न लागिरहेको भेटिएपछि होहल्ला गर्दा चोरी गर्न आएका ति व्यक्तीहरु भागेको तामाङले बताउनुभयो ।

ति चोरका समुहले आफुहरुलाई बाहिरबाट ढोका लगाएर फरार भएको उहाँले बताउनुभयो । २ देखी ५ जनाको समूह बनाएर आउने र घरमा भएको कुखुरा, मोवाईल, भाडाकुडा लगायतका सामान चोरी गर्ने गरेको स्थानिय कमल तामाङले बताउनुभयो । केहिसमय अघि सोही बस्तीमा किराना पसल सञ्चालन गर्दै आउनुभएका जीवन तामाङको पसलबाट नगद सहित पसलको सामान चोरी भएको थियो ।

किराना पसलमा चोरी भएपछि यतिबेला तामाङ बस्तीमा दिनहुँजसो चोरी हुन थालेको छ । बस्तीमा यस्ता घटना पटक पटक दोहोरीरहेकोले सुरक्षाको प्रवन्ध मिलाईदिन स्थानियहरुले स्थानिय प्रशासन सँग माग गरेको छ ।

२०७२ सालको महाभुकम्प पछि आफ्नो थातथलो छाडेर नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ स्थित दामगाडेमा बसिरहेका तामाङ बस्तीमा चोरले सताउन थालेपछि यो ठाउबाट पनि अन्यत्र जानपर्ने पो होकी भन्दै चिन्तित बनेका छन् । दामगाडेमा उत्तरी धादिङको गंगाजमुना र रुविभ्यालीका तामाङ समुदाय बस्दै आएका छन् ।

Facebook Comments