
नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज मंगलबार बिहान ट्रक खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राई रहेका छन् । राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिनुभयो ।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।