नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज शुक्रबार रिहा हुँदै हुनुहुन्छ ।

उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज शुक्रबार रिहा हुन लाग्नुभएको हो । हिजो विहिबार राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर सन्दिपलाई थुनाबाट निकालिने अधिवक्ता सरोज घिमिरले बताउनुभयो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो ।

Facebook Comments