माघ ३ ।
भारतको तमिलनाडुका दुई स्थानमा आयोजना गरिएको साँढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ ।घटनामा सय जना घाइते भएका छन् ।

भारतमा बर्सेनी आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा उक्त घटना भएको हो । वर्षेनी आयोजना हुने यो खेलमा अप्रिय घटना हुन थालेपछि भारत सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपी भारतभर यसको विरोध हुन थालेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।

विशेष गरी साँढेलाई निर्धा्रित बाटोमा दौडाएर नियन्त्रणमा लिने यो खेलको नियम रहेको छ ।यद्यपी साँढेले नियन्त्रण गुमाउँदा यस्ता घटना हुने गरेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको भारतिय संचारमाध्यमले जनाएको छन् ।

Facebook Comments