सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन्।

फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आईतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Facebook Comments