धादिङ, ०७९ फागुन ३० गते

धादिङवेशीमा रहेको  निलकण्ठ बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेकाे छ । नेविसंघसंग मिलेर एकलाैटी गरेकाे आरोपमा अनेरास्वावियु, अनेरास्ववियु (क्रान्तिकारी ) र राप्रविसंघले स्ववियु निर्वाचनकाे सन्दर्भमा प्रेस विज्ञप्ति प्रकाशन गरि क्याम्पसमा तालाबन्दी गरेकोे हाे ।

प्रत्यक्ष उम्मेदवार भएका व्यक्ति स्वावियु समानुपातिक लिष्टमा समेत नाम राखेर नेविसंघ संग मिलेमताे गरेकाे विद्यार्थी संगठनहरुले आरोप लगाएकाे छ । प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएकाे भएपनि नेविसंघसंग मिलेर समानुपातिकमा उनिहरुकाे नाम राखेकाे आरोप अनेरास्ववियुका अध्यक्ष उम्मेदवार अमाेस थापा तामाङले बताउनुभयाे ।

एकपक्षिय व्यवहार गरेकाेले क्याम्पस स्ववियु निर्वाचन स्थगित गर्न समेत माग गरिएकाे छ । निर्वाचन सम्बन्धि काम गर्दा अाफुहरुलाई नबाेलाई नेविसंघ र क्याम्पस प्रशासन मात्र बसेर उम्मेदवार हेरफेर गरेकाे विद्यार्थी संगठनहरुकाे आरोप छ । निर्वाचन आचार संहिता तथा निर्वाचन कानुन विपरित क्याम्पस निर्वाचन संयाेजक बद्री काेईरालाले बन्द सूचिमा भएकाे नामबारे थाहा नभएकाे बताउँदै समस्या वार्ताकाे माध्यमबाट समाधान गरिने बताउनुभयाे ।

Facebook Comments