माघ १६-
आईसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको  निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । आईसिसिले तयार गरेको विधान पारित गर्दै नयाँ नेतृत्व चुनेपछि आगामी २०१८ को जुनमा बस्ने बोर्ड बैठकबाट नेपालको निलम्बन फुकुवा गर्ने जानकारी आईसिसी उपाध्यक्ष इमरान ख्वाजाले दिनुभएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसँग भएको छलफलमा आईसिसि उपाध्यक्ष इमरान ख्वाजाले जतिसक्दो चाँडो नेपालको प्रतिबन्ध फुकुवा गर्न आईसिसि तयार रहेको जानकारी गराएको सदस्य सचिव विष्टले जानकारी दिनुभयो । आईसिसीले एकसाता भित्रनै मनिटरिङ कमिटी गठन गर्दै निर्वाचन प्रक्रियालाई अघि बढाउने गरी तयारी अघि बढाएको छ । सदस्य सचिवसँगको भेटमा आईसिसी उपाध्यक्ष ख्वाजाले एकसाता भित्रनै मनिटरिङ कमिटी बनाएर अघि बढने गरी तयारी गरेको सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।

Facebook Comments