
बैशाख ५, २०८०
धादिङ – राष्ट्रिय प्रजातन्त्र पार्टीले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएको हो ।
उक्त मागको तत्काल सम्बोधन नगरे राप्रपा सरकारविरुद्ध सडक संघर्षमा जाने बताएका छन् । साथै उनले मिटरब्याज पीडितहरुको मागलाई यथोचित सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि निर्मम ढंगले दमन र आक्रमण गरेको भन्दै निन्दा र भत्सर्ना समेत गरकोे छ ।
नेपाली समाजमा गरिबहरुको, सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँड्ने पार्टी र उसको नेतृत्वमा रहेको सरकारले नै गरिब र निमुखामाथि बर्बर आक्रमण किन गरेको भन्दै प्रश्न गरेका छन् ।
केही समय अघिदेखि आन्दोलनरत मिटरब्याज पीडितहरु र पुर्नस्थापनाको माग राखी तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरुको मागलाई सरकारले समयमै सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।