बैशाख ६, २०८०
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । केही दिन अघि देखि छातीमा समस्या रहेका कारण काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगंञ्जमा उपचार गराउनुभएका पौडेलाइ ठिक नभएका कारण थप उपचारका लागि भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको अल इण्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुने सचिवालयले जनाएको छ । नेपालको त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकका बीच परामर्श हुँंदा उहाँलाई उपचारका लागि एम्समै लैजान उपयुक्त हुने राय आएकाले भारत लगिएको पनि पौडेलको सचिवालयले जनाएको छ ।

Facebook Comments