चितवनमा हुँदै नभएको वडालाई बजेट छुट्याएको घटना सेलाउन नपाउँदै हेटौँडा उपमहानगरपालिकामा पनि यस्तै घटना दोहोरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरिए पछि बागमती प्रदेश सरकार विवादमा तानिएको छ । बागमती प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगरी हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरिएको छ ।

Facebook Comments