१३ असार हेटौडा – हरेक किसानले मानो रोपेर मुरी उब्जाउने उदेश्य सहित मौसम र सिजन अनुसारका विभिन्न किसिमका अन्न बालिहरु लगाउने गर्दछन् । हाम्रो जस्तो देशमा त झन अधिकांश किसानको बाँच्ने र जिवन निर्वाह गर्ने आधार नै कृषि बालि र उत्पादनसँग जोडिएका छन् ।

धादिङ जिल्लाका केहि स्थानीय तहका किसानहरु भने विगत लामो समयदेखि बाँदर आतंकबाट पिडित छन् । अन्न बालि लगाएदेखि नटिपेसम्म बांदरबाट जोगाउन अनेकौ सुरक्षाका उपायहरु अपनाउँदा पनि आफुले धेरै दुख गरेर रोपेको उत्पादन भित्रयाउन नपाँउदा दुखित छन् ।

पछिल्लो केहि वर्ष यता भने बाँदर आतंकको विरुद्धमा संगठित भएर यसको व्यवस्थापन र क्षतिपूर्तिको माग सहित स्थानीय सरकार र सरोकारवाला निकायहरुमा माग सम्बोधनका लागि जाने गरेका छन् । विशेष गरी धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का किसानहरु बांदरबाट बढि पिडित भएका छन् ।

यि पिडित किसानहरुले विरोध सहित सम्बन्धित स्थानीय सरकार, सरोकारवाला निकायहरुमा पटक– पटक आफ्ना समस्या समाधानको लागि अनुरोध गरे पनि स्थायि समाधान हुन सकेको छैन । बादर आतंकबाट पिडित किसानहरुको विरोध र समस्या अहिले भने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको कार्यालय सम्म पुगेको छ ।

बुधबार गृह जिल्ला धादिङका बाँदर पीडित किसान तथा आम नागरिकहरुले बागमती प्रदेशसभाको परिसर हेटौंडामा पुगेर आफ्ना समस्या सहित विरोध प्रदर्शन गरेका छन् । धादिङबेसीबाट दुई वटा बस रिर्जभ गरेर हेटौँडा पुगेका करिब १५० जना किसानहरुले बाँदरले हाम्रो बालि र जनजीवनमा ठूलो समस्या पारेको र जिल्ला स्थित स्थानिय सरकार र सरोकारवाल निकायहरुले स्थायि समस्या समाधनमा ध्यान नदिएका कारण आफ्नै जिल्लाको मुख्यमन्त्री र सम्बन्धित मन्त्रालको ध्यानाकर्षण गराउन प्रदेश राजधानि पुगेका हुन् ।

बाँदर आतंकबाट धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानहरु पिडित छन् । सरकारले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको पीडितहरुको आरोप छ ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments