
भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।
सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उहाँकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको मृत्यु भएको हो । उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत जानु भएको थियो ।
श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका थिए । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । मृतकहरुको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।