
जिल्ला प्रहरी कार्यालय धादिङलेआर्थिक वर्ष २०७९/०८० मा २ सय ९७ वटा ‘पेन्डिङ’ मुदा फर्छौट गरेको जनाएको छ ।
प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले ४ सय ५२ वटा मुद्ध दर्ता भएकोमा २ सय ३७ वटा फर्छौट र २ सय १५ बाँकी रहेको बताउनुभएको छ ।
जसअन्तरगत आत्महत्याको ९७ वटा, भवितव्य ज्यानको ७१, सवारी ज्यानको ४०, लागुऔषध २९, जबरजस्ती करणीमा १५, जबरजस्ती करणी उद्योगमा ८ र अभद्र व्यवहारमा ३० वटामुद्धा दर्ता भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराधहरुमा एक सय ९, घरेलु हिंसा ६५ र ठाडो उजुरी २३ परेको छ ।
यसैगरी धादिङमा आर्थिक वर्ष २०७९/०८० मा भने सवारी दुर्घटना हुने संख्यामा कमी आएको उहाँको भनाई छ । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ५४ रहेकोमा घटेर २ सय ३१ मा झरेको प्रहरी नायव उपरिक्षक जैसवारले बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले एक सय १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा एक सय १० जनालाई पक्राउ गरेको हो