नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको पछि सडक अवरुद्ध भएको हो ।

बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभएको छ । पानी परिरहेकोले थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पहिरो पन्छाइसक्न समय लाग्ने बताईएको छ । ।

Facebook Comments