धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरान बजारस्थित मुख्य सडक भासिँएपछि त्यहाँका दर्जनौं घर जोखिममा परेका छन् । नीलकण्ठ नगरपालिका–३ स्थित सिरानबजार क्षेत्रको सडक ठाउँठाउँमा भासिँदा दर्जनौं घर जोखिममा परेका हुन ।

सिरानबजार क्षेत्रमा आवातजावत गर्नै नहुने गरी सडक भाँसिएर चिराचिरा परेको हो । भासिएको ठाउँबाट पानी भित्र पसेर सडक चिराचिरा पर्न थालेपछि सिरान बजारका धेरै घर जोखिममा परेको स्थानीय देवि थापा मगरले बताउनुभयो । सडक मर्मतको नाममा देखावटी काम मात्रे हुँदा हरेक वर्ष समस्या थपिदै गएको स्थानिय गणेश कुमार श्रेष्ठले बताउनुभयो ।

२०७२ को महाभुकम्प सँगै भासिन सुरु भएको हो । सडक भाँसिएको क्षेत्रमा पुरूवा माटो भएका कारण जोखिम झनै बढेको पनि स्थानीयले बताएका छन् । माटो समेत परिक्षण गरेर दिर्घकालिन रुपमै यसको मर्मत गरिनु पर्ने स्थानिय नमिता थापा अधिकारीको भनाई छ ।

साँघुरो स्थानलाई डाईभर्सन गरेर फराकिलो सडक बनाइएका कारण धादिङबेसीको सिरानबजार चौतारोभन्दा माथिको भागमा पटक पटक सडक चिरा पर्ने समस्या देखिने गरेको छ । सडक भाँसिएर जोखिमपूर्ण अवस्था बनेकाले यस क्षेत्रमा थप क्षति हुन नदिन सरकारी निकायले तत्काल चासो देखाउनु पर्ने स्थानीय दिपक अधिकारीले बताउनुभयो ।

भासिएको सडकको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निरिक्षण गर्नुभएको छ । सिरानबजारमै आयोजित एक कार्यक्रममा सहभागी हुनु आउनुभएका मुख्यमन्त्री जम्कट्टेलाई स्थानियहरुले सडकमे रोकेर भत्किएको सडकको निरिक्षण गराएका हुन् ।

निरिक्षण पछि मुख्यमन्त्री जमकट्टेलले विपत कोषको बजेटबाट तत्काल मर्मत गरिदिने बताउनुभएको छ । मर्मतका लागि डिपिआर तयार गरेर पठाउन र काम सुरु गर्न प्रादेशिक सडक डिभिजन कार्यालय धादिङलाई निर्देशन समेत दिनुभएको छ । सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले दिर्घकालिन मर्मतको डिपिआर तयार गर्ने र प्रदेश सरकारलाइृ पठाउने बताउनुभएको छ ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments