
जापानको फुकुओकामा एक जना नेपाली युवतीले आत्महत्या गरेकी छिन् ।
आफ्नो परिवारसंग भिडियो कल गर्दै झुण्डिएर आत्महत्या गरेकी हुन् । नेपालको दोलखा स्थायी घर भइ अघिल्लो वर्षमात्रै विद्यार्थी भिसामा जापान पुगेकी २० वर्षिया रबिना बुढाथोकीले झुण्डिएर आत्महत्या गरेको जापान समाचारले समाचार लेखेको छ ।
आत्महत्याको कारण खुलेको छैन । केहि दिन अघि मात्रै एउटै विद्यालयमा अध्ययन गर्ने साथीलाई नेपाल जान ५ दिनको लागि टिकट मिलाईदिन आग्रह गरेको पाईएको छ । पारिवारिक बेमेलका कारण आत्महत्याको बाटो रोजेको हुन सक्ने नजिकका साथीहरुले बताएका छन् ।
जापानमा पछिल्ला केहि वर्षयता,नेपाली समुदायमा यस्ता अप्रत्यासित दुखद घटनाहरु बढ्दै गएको एनआरएनए जापनले जनाएको छ।