
भाद्र २३ गतेदेखि हराईरहेको धादिङको धुनिवेशी नगरपालिका–३ चण्डीका १९ वर्षिय रिजन पाण्डे मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँको त्रिकोटेश्वरी महादेव मन्दिरमा रहेको पाटीको माथिल्लो तल्लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । २३ गतेदेखि हराईरहेका रिजनको स्थानियहरुले खोजी गर्ने क्रममा आज सोमबार साढे १ बजे मृत अवस्थामा फेला परेको हो ।
मृतक रिजनका बुवा रणदेव पाण्डे सोही मन्दिरका पुजारी हुन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।