इजरायलमा मृत्यु भएका नेपाली नागरिकको शोकमा सरकारले मंगलबार शोक मनाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

इजरायलमा विद्रोही समुह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको थियो ।

Facebook Comments