धादिङवेशीं स्थित पुछारबजारमा रहेको एक पसलमा प्लाष्टिकजन्य फुलमाला विक्री वितरणका विषयमा अनुगमन गर्दै । तस्बिर : शंकर श्रेष्ठ

तिहार लक्षित प्लाष्टिकका माला विक्री वितरण गर्ने धादिङवेशींका पसलहरुको अनुगमन गरिएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न जिल्ला प्रशाासन कार्यालय धादिङले प्रकाशित गरेको सूचना कार्यन्वयनको अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा त्यस्ता फुलका गुच्छा तथा माला विक्री गरिरहेका पसलहरुलाई अब आईन्दा विक्री नगर्न सचेत गराईएको छ । अटेर गरि विक्री वितरण गरेको फेला पारे फुल तथा मालाहरु जफत गरि कानून बमोजिम कारवाही गरिने अनुगमन समितिका संयोजक एंवम सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।

स्थानिय स्तरमै किसानले उत्पादान गरेको फुलको प्रयोग बढाउन प्लाष्टिकजन्य सामाग्री विक्री वितरणमा रोक लगाईएको उहाँले बताउनुभयो । प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिने भएकाले प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरुको प्रयोग तथा विक्रि वितरण नगर्न प्रशासनले अनुरोध गर्दै आएको छ ।

Facebook Comments