
नीलकण्ठ नगरपालिका ८ मगरगाउँकी चमेली लामिछाने मगरले ३ वर्ष अगाडी १० हजारको परिवार सुरक्षा वचत खाता खोल्नुभएको थियो । मजदुरीको शिलशिलामा ४ महिना अघि करेन्ट लागेर श्रीमानको मृत्यु भयो ।
कमाएर परिवार पाल्ने घरमुलीको नै मृत्युभएपछि वालवच्चा हुर्काउने र घर बनाउँदा लागेको ऋण तिर्ने चिन्ताले चमेलीलाई सँधै पिरोल्थ्यो । तर कुमारी बैंक धादिङ शाखाले १० हजारको बीमाबाट १० लाख रकम उपलब्ध गराएपछि चमेलीको मनमा नयाँ आशा पलाएको छ । उहाँ भन्नुहुन्छ–‘२०७७ सालमा परिवार सुरक्षा वचत खाता खोलेर १० हजार जम्मा गरेकी थिएँ, त्यही १० हजार बीमाको पैसाले अहिले १० लाख पाएँ । अब बाच्ने आशा पलाएको छ ।’
कुमारी बैंक लिमिटेड धादिङवेशीं शाखाले “परिवार सुरक्षा वचत खाता” अन्र्तरगत गरिएको बीमा वापतको रकम आज चमेलीलाई हस्तान्तरण गरेको हो । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्त बजार बस्दै आउनुभएकी चमेलीलाई आज एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, शाखा प्रबन्धक धनबहादुर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको छ ।
चमेली लामिछाने मगरको श्रीमान डम्बर बहादुर लामिछाने गत असार १७ गते करेन्टर लागेर मृत्यु हुनुभएको थियो । चमेली लामिछानेले कुमारी बैंक लिमिटेड धादिङ शाखामा २०७७ साल असार ३ गते १० हजार खातामा रहने गरि “परिवार सुरक्षा वचत खाता” खोल्नुभएको थियो । बैंकले प्रदान गरेको चेक बुझ्दै चमेली लामिछाने मगरले आफुलाई यो रकमले वालवच्चाको पालनपोषणमा धेरै राहत मिलेको बताउनुभयो । साथै उहाँले सामान्य आय स्रोत भएका मेरो जस्तो परिवारलाई परिवार सुरक्षा खाता खोल्न अनुरोध पनि गर्नुभयो ।
नेपालमै पहिलो पटक कुमारी बैंकले प्रस्तुत गरेको “परिवार सुरक्षा वचत खाता” यतिबेला सामान्य आय स्रोत भएका परिवारहरुका लागि प्रभावकारी देखिएको छ । न्यूनतम १० हजार मौज्दात राखेर २६ लाख सम्मको परिवारको बिमा हुनेभएपछि यो खाताको लोकप्रियता बढ्दो छ । खातामा रु २६ लाख सम्मको परिवारको बिमा गरिएको छ ।
जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १८ घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध हुने शाखा प्रबन्धक धनबहादुर श्रेष्ठले बताउनुभयो ।
भिडियो हेर्नुहोस् :