धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर २ मा श्रीमतीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानिय रामचन्द्र बयलकोटी छन् । श्रीमती २१ वर्षीयापवित्राको हत्या गरेको आरोपमा स्थानीय बयलकोटी पक्राउ परेका हुन् ।
बयलकोटीले श्रीमतीको हत्या गरी शव धैरेनी सामुदायिक वनको बाटोमा फालेको प्रहरीले जानकारी दिएको छ।
आइतबार हत्या गरी भागेका रामचन्द्रलाई इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले गएराति पक्राउ गरेको हो। बयलकोटीले श्रीमतीको अनुहार, घाँटी र पाखुरासहित ८ ठाउँमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरीले बाताएको छ ।
बयलकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ