नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
नेकपा एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले सो जानकारी दिँदै मिसन चौरासीको लागि तयारी गरेको नेकपा एमालेले नवौं जिल्ला अधिवेशन उद्घाट गरि जनसमूदायलाई सम्बोधन गर्न केपी शर्मा ओली धादिङ आउन लाग्नु भएको हो ।
नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशन सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार नारासहित २०८० माघ १९ गते उद्घाटन हुने छ ।आइतबार प्रचार समिति बैठकमा पत्रकारहरुलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष त्रिपाठीले आगामी निर्वाचन एमाले विजेता बन्नेगरि अघि बढेको बताउनुभएको छ ।
करिब ६ सय प्रतिनिधिहरुले भाग लिने जिल्ला अधिवेशनमा जिल्लाका १ सय ४ वडाबाट सहभागिता हुने छ । उद्घाटन समारोहमा साँस्कृतिक झाँकी, स्थानीय जनताहरुको व्यापक सहभागिता रहने छ ।