नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको अवसरमा बृहत खुल्ला रक्तदान हुने भएको छ ।
अधिवेशन हुने दिन अर्थात माघ १९ गते विहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म खुल्लामञ्चमा रक्तदान हुने रेडक्रस धादिङका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले धादिङ अपडेटलाई जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली धादिङबेसी आउदैहुनुहुन्छ ।