गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगर रहेको प्रहरीले जनाएको छ ।

शनिवार राती करिव १० बजेको समयमा छेपेटार बारपाक सडकखण्डको भालुस्वाँरा नजिकै राजेश परियारले चलाएको बा ९१ प ४५८ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकलको पछाडी सवार मगरको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अनलाईन खबरले समाचार लेखेको छ ।

मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका चालक परियारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । –

Facebook Comments