धादिङको नीलकण्ठ नगरपालिका – ७ पिप्ले नजिक हाडीखोलामा मंगलबार बिहान चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परि सोहि स्थानका बिमला कोइराला, शारदा श्रेष्ठ , दिपक श्रेष्ठ र नन्द प्रसाद अधिकारी घाईते भएको स्थानिय प्रदिप पोखरेलले बताउनुभएको छ ।

वनमा लागेको डढेलोका कारण जंगली जनावरहरू गाउंवस्तीमा वस्न थालेको स्थानियले बताएका छन् ।

Facebook Comments