
वडा सदस्यको निधन भएको शोकमा धादिङको नीलकण्ठ नगरपालिकाले चैत सात गते बुधबार नगरपालिकामा विदा दिईएको छ ।
नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्र प्रसाद तिमिल्सीनाको निधनमा नगरपालिका तथा मातहतका वडा कार्यालयहरुमा एक दिनका लागि शोक विदा दिने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा निर्वाचित तिमिल्सीनाको मंगलबार विहान दाउरा काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको वडा अध्यक्ष सरोज पाण्डेले जानकारी दिनुुभयो ।
रुखबाट लड्ने वित्तिकै उपचारको लागि धादिङ अस्पताल लादैगर्दा बाटोमै मृत्युभएको पाण्डेले जानकारी दिनुुभयो । तिमिल्सीना गत निर्वाचनमा खुल्ला तर्फ वडा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।