असोज १६, धादिङ ।

त्रिभुुवन राजपथ अन्र्तगत नौबिसे नागढुँगा सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सोमबार बेलुकी ९ बजे देखी ३ बजे सम्म लागु हुने गरी १७ गते सम्म सडक बन्द गरि नौबिसे पिप्लामोड थानकोट सडक मर्मत गर्न लागिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी जवान राजन थापाले बताउनुभयो ।

चाडपर्वलाई लक्षित गरी सवारी बन्द गरिएको समयमा कालोपत्रे गरिने भएकाले सडक बन्द गरिएको पोखरेलले बताउनुभयो । सडक बन्दले गर्दा अहिले सो सडक खण्डमा लामो सवारी जाम रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments