पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा ट्रक र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्युभएको छ । भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।

काठमाण्डौंबाट मलेखुतर्फ आउँदै गरेको ना छ ख २९२० नम्बरको ट्रक र बागमती प्रदेश ३–०२ ००६प २५८७ को मोटरसाईकल आज दिउँसो गजुरी बजारमा एक आपसमा ठक्कर खाँदा सिद्धलके गाउँपालिका वडा नम्बर ६ का अन्दाजी १८ वर्षिय सनी घलेको गजुरी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यभएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

यस्तै मोटरसाईकलमा सवार गजुरी गाउँपालिका १ बस्ने १५ वर्षिय सुबिन बराईली गम्भीर घाईते भएका छन् । गम्भीर घाईते सुबिनलाई थप उपचारको लागि काठमाण्डौं पठाईको छ । भने ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments