
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ रिपगाउँका स्थानियहरुलाई २ दिने सुन्तला खेती सम्बन्धी तालिम प्रदान गरिएको छ ।
AEIN Luxembourg को आर्थिक सहयोगमा नेत्रावती डबजोङ गाउँ पालिका ५ नम्बर वडा कार्यलयको सहकार्य र ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा सहभागीहरुलाई सुन्तला खेतीको लागि आवश्यक पर्ने खाल्डोको व्यवस्थापन, बिरुवा रोपण तथा मलखाद व्यवस्थापन, गोडमेल, नर्सरी, रोग किराको पहिचान र क्षतीको न्यूनिकरण लगायतका विषयमा छलफल गरिएको रोयम नेपालका विजय तामाङले धादिङ अपडेटलाई जानकारी दिनुभयो ।
स्थानयि कृषकहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।