धादिङको गल्छी गाउँपालिका ३ गुप्तेश्वर महादेव मन्दिर नजिकै बुधबार विहान ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने २ जना गम्भीर घाईते भएका छन् ।
आज शिवरात्रीको दिन गुप्तेश्वर महादेव मन्दिरमा लाग्ने मेला स्थलमा खानेपानी लिएर जाँदै गरेकाबाप्र–०१–००४ क ३३५५ नम्बरको ट्यांकर दुर्घटना हुँदा गजुरी गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चेपाङका छोरा १८ वर्षयि प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षिय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनभयो ।
यस्तै दुर्घटनामा परि १९ वर्षिय सिविस चेपाङ र माईला चेपाङका छोरा १७ वर्षिय सुरेश चेपाङ गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेहरुलाई काठमाण्डौं रेफर गरिएको प्रहरी नायव उपरिक्षक हमालले जानकारी दिनुभयो ।
ट्यांकर चालक २३ वर्षिय दिनेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको प्रसिद्ध गुप्तेश्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट करिब ६ सय मिटर तल ट्यांकर खसेर दुर्घटना भएको हो ।
ब्याक गर्ने क्रममा ट्यांकर दुर्घटनामा परेको बताईएको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
भिडियो
https://youtu.be/Dzvxw1-mCn0?si=fXeXw4PorqM5Ujf6