असोज २१ ।
अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त हुनुभएको छ । हप्तौँ देखिको बहसपछि अनुमोदित भइ उहाँले शपथ लिनुभएको हो । अमेरिकीसिनेटमा क्याभानोको पक्षमा ५० मतथियो भने विपक्षमा ४८ मत थियो ।

क्याभानोमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ, जुनआरोपक्याभानोले अस्वीकार गर्दै आउनुभएको छ । नियुक्तिबारे निर्णयमापुग्ननसकेकादुईजनासिनेटरले संघीय अनुसन्धाननिकायएफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानोलाई समर्थन गर्ने निधो गरेकाथिए ।

उहाँको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा राजनीतिक जितदिलाएको छ,बीबीसीले लेखेको छ । सिनेटमा मतदान अघि क्याभानोको मनोनयनको विपक्षमा वाशिङटनमा सयौँ मानिसले प्रदर्शन गरेकाथिए। मतदानका क्रममाअर्का प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षाकायम राख्न निर्देशन दिनुपरेको थियो ।

Facebook Comments