
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।
देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उहाँका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।
भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।
‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उहाँले भक्तजनलाई भन्नुभयो ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’
कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी, पोखरावाला वोल दो न भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिनुभयो । ।
कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।