प्लाष्टिक प्रदुषण र धुँवा न्यूनिकरण, हाम्रो दायित्व भन्ने नाराका साथ धादिङमा पनि विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाईएको छ ।

धादिङका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएको हो । दिवसको अवसरमा धादिङ माउण्टेन साईकलले साईकल ¥यालीको आयोजना गरेको छ ।

साईकल चढौं, वातावरण जोगाऔं स्वत बनौं भन्ने नाराका साथ साईकल ¥यालीको आयोजना गरिएको धादिङ माउण्टेन साईकलका प्रोपाईटर विष्णु बराईलीले बताउनुभयो ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । यस दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्दछ ।

Facebook Comments