
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गाेर्खाजले चितवन राइनाेजलाई १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे काठमान्डुले १९ ओभर ४ बलमा १ सय ४२ रन बनाउँदा सबै विकेट गुमायाे । काठमान्डुका जाेन सिम्पसाेनले ६० रन बनाए । चितवनका साेहेल तनभिरले ४ विकेट लिए ।
चितवन तीन खेलमा ४ अङ्कसहित तालिकाको तेस्रो र काठमान्डु तीन खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।
एनपीएलको दोस्रो स्थानमा आजै दिउँसो ४ बजे दोस्रो स्थानको विराटनगर किङ्ग्स र पाँचौं स्थानको कर्णाली याक्स खेल्दैछन् । विराटनगरले चार खेलमा ६ अङ्क र कर्णालीले तीन खेलमा २ अङ्क जोडेको छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।