लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा धादिङकाे सदरमुकाम धादिङबेसीमा ‘No Means No’ सडक नाटक प्रदर्शन गरिएको छ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्काई फोटोफिल्मस् एण्ड मिडिया हाउसले निर्माण गरेको  सडक नाटक धादिङबेसी स्थित बिचबजारमा प्रदर्शन गरिएकाे हाे ।

लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र युवाहरूबीच बढ्दो सामाजिक समस्याबारे सचेतना फैलाउने उद्देक्कयले नाटक प्रदर्शन गरिएकाे हाे । बिनोद तमु बल्लुको लेखन तथा मनिष श्रेष्ठ र बल्लुको सयुक्त निर्देशनमा तयार भएको नाटकमा रवि भट्टराई, मनिष श्रेष्ठ,बिनोद तमु,अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र समिर रिजाल लगायतको अभिनय रहेको थियो ।

नाटकले विशेष रूपले युवतीहरूमाथि हुने मनोवैज्ञानिक दवाब, प्रेम अस्वीकार गर्दा देखिने आक्रामक व्यवहार, सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, र AI प्रविधिको दुरुपयोगले निम्त्याउने गम्भीर परिणामलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो ।

“अस्वीकार मतलब अस्वीकार नै हो, भन्ने मुख्य सन्देश बोकेको नाटकले युवाहरूलाई सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीप्रति चेतना जगाउने काम गरेको नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक बिश्वकर्माले बताउनुभएको छ ।

Facebook Comments